१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेलैमा रोकथाम नगरे देशले उपचार धान्न सक्दैन : डा. कोइराला

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा. भगवान कोइरालाले कोभिड–१९ संक्रमणको रोकथाममै मुख्य जोड दिनुपर्ने बताएका छन्।

बेलैमा रोकथाम नगरे देशले उपचार धान्न सक्दैन : डा. कोइराला

कोभिड१९ को उपचार मात्रै देशले धान्न सक्दैन,' कान्तिपुरसँग कुरा गर्दै डा.कोइरालले भने, ‘अहिलेको अवस्थामा हामी बचाउमा नै जाने हो

विदेशबाट आएका सबैको पहिचान गरेर प्रत्यक्ष निगरानीमा राख्नुपर्ने उनको सुझाव निगरानीमा रहेका यस्ता व्यक्तिमा अलिकति पनि लक्षण देखिनासाथ प्रयोगशाला परीक्षण गरेर उपचार प्रक्रियासँगै आइसोलेसनलगायतका उपाय अपनाउनुपर्ने उनले बताए जुनसुकै प्रक्रियाले भए पनि संक्रमणको कडी तोडेर यो रोगलाई रोक्न सकिनेबाहेक विकल्प छैन,’ उनले भने

संक्रमणको विस्तार रोक्न शारीरिक दुरी कायम राख्नका लागि लकडाउनलाई निरन्तरता दिनु नै अहिलेको महत्वपूर्ण काम भएको उनको भनाइ 'आम नेपाली घरबाट बाहिर ननिस्कने हो भने संक्रमणको विस्तार रोकिन्छयही बेला परीक्षण विस्तार गरेर लुकाइएको संक्रमणसमेत पत्ता लगाउनुपर्छ,' उनले थपे, 'यसो हुन सक्यो भने भविष्यमा देखिने जोखिमबाट डराउनुपर्दैन'

प्रकाशित : चैत्र १९, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?