कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओली-दाहाल भेटवार्ता, सीमानामा अलपत्र नेपालीबारे छलफल 

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरणमा देखिएको अनियमितताबारे चासो राखेका छन् । 

ओली-दाहाल भेटवार्ता, सीमानामा अलपत्र नेपालीबारे छलफल 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भएको भेटमा अध्यक्ष दाहालले औषधि खरिद प्रक्रिया भएको भनिएको घोटाला बारे बुझेका हुन् । भेटमा यो सँगै सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको व्यवस्थापन र किसान, मजदुर तथा निम्‍नवर्गीय नागरिकका समस्याबारे पनि कुराकानी भएको दाहालको स्वकीय सचिव गंगा दाहालले कान्तिपुरलाई जानकारी दिइन् ।


स्वास्थ्य उपकरण खरिदबारे सार्वजनिक रुपमा धेरै टीकाटिप्पणी भएपछि त्यसबारेमा प्रधानमन्त्रीसँग जानकारी लिन दाहाल बालुवाटार पुगेका थिए । भेटमा यी तीनवटै विषयमा गम्भीर छलफल भएको स्वकीय सचिव दाहालले बताइन् ।


प्रकाशित : चैत्र १९, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?