कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा दुई करोड रुपैयाँ जम्मा गराएका छन् ।

कोरोना नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड

पूर्वराजा ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत कोषमा दुई करोड रुपैयाँ जम्मा गराएको ट्रस्टकी सदस्य सचिव रेश्मा राणाले जानकारी दिइन् । हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफू र परिवारको तर्फबाट सहयोग गरेको पनि राणाले बताइन् ।


पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीक्रण तथा राहत र उद्धारका लागि सरकारी र गैरसरकारी पक्षबाट भएको कामको समेत प्रशंसा गरेका छन् ।


साथै अहिले लकडाउन बाध्यात्मक अनिवार्यता भएको उल्लेख गर्दै सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट पहल गरेमा कोरोना महामारी रोक्न सकिने पनि उल्लेख गरेका छन् ।


त्यस्तै उनले कोरोना महामारीको संकटमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत तथा नेपाली सञ्चारमाध्यमलाई समेत धन्यवाद दिएका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?