२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

वार्षिक क्यालेण्डर सार्वजनिक, पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय दिवसको मान्यता’

काठमाडौँ — सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । पुस २७ गतेलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरी विसं २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो । यद्यपि यस दिन सार्वजनिक विदा भने दिइने छैन । 

वार्षिक क्यालेण्डर सार्वजनिक, पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय दिवसको मान्यता’

२०६२/६३ को परिवर्तनपछि पुस २७ गते मनाइँदै आएको पुथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइँदै आएको बिदा कटौती गरिएको थियो । त्यसयता जनस्तरबाट मात्रै यो दिवस मनाइँदै आएको छ । खारेज गरिएको १३ वर्षपछि गएको पुसमा पनि सरकारी स्तरबाटै यो दिवस मनाइएको थियो ।


यसैगरी जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेद्‌भाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामती सेवा दिवस, माघ १६ गते शहीद दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने तर सार्वजनिक बिदा भने दिइने छैन । लोकतन्त्र दिवस वैशाख ११ गते मनाइँदै आएकोमा सरकारी क्यालेण्डरमा उक्त दिवस समावेश गरिएको छैन ।


यस्तै विदेशस्थित कूटनीतिक नियोगमा बढीमा १८ दिनसम्म मात्रै सार्वजनिक बिदाको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?