कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसद्वारा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न प्रदेश संसदीय दललाई निर्देशन 

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना सातै प्रदेशका संसदीय दलका नेता र प्रुमख सचेतकलाई कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पार्टीको सम्पूर्ण शक्ति प्रयोग गरी सरकारलाई सहयोग गर्न निर्देशन दिएको छ ।

कांग्रेसद्वारा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न प्रदेश संसदीय दललाई निर्देशन 

कांग्रेस संसदीय दलले सातै प्रदेशका नेता र प्रमुख सचेतकलाई ७ बुँदे निर्देशन जारी गर्दै कोरोना भाइरस मानवबाट मानवमा सर्ने भएकाले सरकारद्वारा घोषित लकडाउन पूर्ण रुपमा पालना गर्न निर्देशन दिएका छन् ।


प्रमुख सचेतक बालकृष्ण खाणले जारी गरेको ७ बुँदे सर्कुलरमा खाद्य सामग्री खरिद तथा वितरण गर्दा व्यक्ति व्यक्तिबीचको दूरी एक मिटर कायम गर्न, लकडाउनको अवस्थामा खाद्यपदार्थ र अन्य औषधिको अभावबाट समस्या झेलिरहेका नागरिकलाई स्थानीय तहका पार्टी समितिहरुसँग समन्वय गरी सहयोग पुर्‍याउन प्रेरित गर्न आग्रह गरिएको छ ।


त्यस्तै, कार्यक्षेत्रमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको आत्मबल बढाउन प्रेरित गर्न, प्रदेश सरकारसँग समन्वय गरी स्थानीय तहका वडासम्म कोरोना भाइरस रोकथाम, न्यूनीकरण तथा उपचार अभियानमा अझै प्रभावकारी र गतिशील बनाउन लाग्न, उपचारका लागि केन्द्रबाट आएका स्वास्थ्य उपकरण तथा सामग्रीको उपलब्धता र उपयोग सम्बन्धी जानकारी राख्न र स्थानीय टोलमा बाहिरबाट आएका व्यक्तिहरुको जानकारी राख्ने र क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न स्थानीय जनप्रतिनिधिलाई प्रेरित गर्न निर्देशन दिइएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?