कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेपाल-भारत सीमा नखुल्ने, दुवैतिर अलपत्र परेकालाई खानेबस्‍ने व्यवस्था मिलाइने

बिनु सुवेदी

काठमाडौँ — सरकारले सीमानाका नखोल्‍ने निर्णय गरेको छ । भारतीय सीमा अड्किएका नेपालीलाई भारत सरकारले र नेपालमा अड्किएका भारतीयहरुलाई नेपाल सरकारले खानालगायतका अन्य आवश्‍यक व्यवस्था गर्ने निर्णय भएको हो ।

नेपाल-भारत सीमा नखुल्ने, दुवैतिर अलपत्र परेकालाई खानेबस्‍ने व्यवस्था मिलाइने

सरकारले कूटनीतिक पहल गरेर प्रधानमन्त्रीस्तरबाट यो निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।


नेपाल छिर्न नपाएर भारतीय सीमामा अड्किएका नेपालीहरुलाई सीमानामै राख्‍ने र उनीहरुलाई खानाको व्यवस्था भारत सरकारले गर्ने गरी व्यवस्था मिलाइएको भट्टराईले कान्तिपुरलाई बताए । यस्‍तै नेपालमा अलपत्र परेका भारतीय नागरिकहरुको व्यवस्थापन र उनीहरुलाई खानाको नेपाल सरकारले गर्ने निर्णय भएको हो ।

प्रकाशित : चैत्र १८, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?