कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

यूएन मिसनमा खटिएका एक सैनिकको हृदयघातबाट मृत्यु 

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनको सुरक्षामा खटिएका एक नेपाली सैनिकको हृदयघातका कारण मृत्यु भएको छ । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको मृत्यु भएको हो । विष्टको शव केही दिनमा नेपालमा ल्याइने छ ।


नेपालले यूएन मिसनमा लाखभन्दा बढी सैनिकहरु पठाएर विश्वमा शान्ति स्थापनार्थ काम गर्दै आइरहेको छ । नेपाल सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा छ ।


प्रकाशित : चैत्र १७, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?