कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पीपीई प्रबन्ध गर्न नसक्नु ठूलो कमजोरी : कोइराला 

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समयमै प्रबन्ध गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी रहेको टिप्पणी गरेका छन् ।

पीपीई प्रबन्ध गर्न नसक्नु ठूलो कमजोरी : कोइराला 

उनले आइतबार बिहान पाँचबुँदे अपिल जारी गर्दै यथाशीघ्र पीपीई देशभर पुर्‍याएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारलाई आग्रह गरेका छन् ।


कोइरालाले काठमाठौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालाले मात्र कोभिड–१९ परीक्षणको चाप धान्‍न नसक्ने उल्लेख गर्दै सात प्रदेशमै परीक्षणको व्यवस्था मिलाउन ढिला गर्न नहुनेमा जोड दिएका छन् । उनले त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्नसमेत सरकारलाई अनुरोध गरेका छन् ।


‘हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ तर उनीहरू यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं साथी समूहको परीक्षणमा सरकारले तदारुकता नदेखाउनु दुःखद छ,’ उनले भनेका छन्, ‘उनीहरूको तत्काल परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्छु ।’


महामन्त्री कोइरालाले लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ सावधानीपूर्वक परीक्षण केन्द्रमा पुर्‍याउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।


उनले स्वास्थ्यकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने जनाउँदै उनीहरूमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै विश्वव्यापी महामारीबाट बाहिर निक्लिने मुख्य मार्ग रहेको बताएका छन् । उनले सबै स्वास्थ्यकर्मीलाई प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ काम गर्न अपिल गरेका छन् ।

प्रकाशित : चैत्र १६, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?