कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संक्रमणको बेवास्ता गर्दै ग्यासको लाइनमा (तस्बिरहरु)

राजकुमार कार्की

सिन्धुली — लकडाउनको पाँचौं दिन शनिबार सिन्धुलीमाढीमा आधा भरिएको खाना पकाउने (एलपी) ग्यास वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका बीच पनि उपभोक्ताहरु ग्यास लिन लाइन बसेका थिए । शनिबार सदरमुकाममा ग्यास वितरण गरिएको छ ।

संक्रमणको बेवास्ता गर्दै ग्यासको लाइनमा (तस्बिरहरु)

बजारमा ग्यासका सिलिन्डर बिक्री थालिएको खबर पाउनासाथ उपभोक्ताहरु रित्तो सिलिन्डर लिएर डिलर पुगेका थिए । आधा भरिएको ग्यासका सिलिन्डर वितरणले संकटका समयमा उपभोक्ताहरुलाई थप सहजता मिलेको छ । घर तथा पसलमा मौज्दात गर्न पनि धेरैले ग्यास किनेका बताइएको छ ।


कमलामाई नगरपालिकाको ढुंग्रेवास, माढीबजार, धुराबजार, मिलनचोक, भिमान लगायतका स्थानमा ग्यास वितरण गरिएको हो । सदरमुकाम बाहिरका दूधौली, खुर्कोट, झागाझोली, रातमाटामा समेत ग्यास बाँडिएको हो । शनिबार आधा भरिएका दुई हजार थान ग्यास सिलिन्डर वितरण गरिएको डिलरहरुले जनाएका छन् ।


मौज्दात नराख्ने हो भने सबै उपभोक्तालाई ग्यास पुग्ने डिलरहरुको दाबी छ । हाल कुपनमार्फत ग्यास बिक्री भइरहेको छ । ग्यास मात्र नभएर बिहान र बेलुकाको समयमा खाद्यान्न र तरकारीसमेत बिक्रीवितरण गर्न थालिएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?