कांग्रेसले दिएका सुझाव सरकारले कार्यान्वयन गर्ने

मधुसुधन भट्टराई

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले दिएका सुझाव कार्यान्वयन गर्ने जनाएको छ ।

कांग्रेसले दिएका सुझाव सरकारले कार्यान्वयन गर्ने

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कांग्रेसका प्रतिनिधिसभा प्रमुख सचेतक बालकृष्ण खाँणलाई शनिबार टेलिफोन गरी कांग्रेसले दिएका सुझाव कार्यान्वयन गर्न सरकार लागिरहेको बताएका हुन् । कांग्रेसले कोरोना नियन्त्रणका लागि विभिन्न विषय समेटेर शुक्रबार १७ वटा सुझाव उपप्रधानमन्त्री पोखरेललाई बुझाएको थियो ।


सरकारलाई कांग्रेसका १७ सुझाव


पोखरेलले कांग्रेसले दिएका सुझाव उपयोगी र सान्दर्भिक रहेकाले सकभर कार्यान्वयन गर्ने बताएको खाँणले जानकारी दिए । ‘नेपाली कांग्रेसबाट प्राप्त सुझाव उपयोगी र सान्दर्भिक छन्, महामारीसँग जुध्न कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप ऊर्जाका साथै आत्मबल दिएको छ,’ उपप्रधानमन्त्री पोखरेलको भनाई उद्धृत गर्दै खाँणले भने ।


कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति जारी गर्दै उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पीपीईलगायतका सामग्री आइतबारसम्म नेपाल आइपुग्ने र सातै प्रदेशमा सकभर आइतबारै वितरण गर्ने जानकारी पोखरेलले दिएको उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?