२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

निगमको वाइडबडी अस्ट्रेलिया उड्ने 

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका अस्ट्रेलियाली पर्यटकलाई नेपाल वायुसेवा निगमको वाइडबडी विमानले उद्धार गर्ने भएको छ । 

निगमको वाइडबडी अस्ट्रेलिया उड्ने 

निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, शनिबार अस्ट्रेलियन दूतावासले निगमको वाइडबडी विमान चार्टर उडान गर्ने पक्कापक्की गरेको हो । ‘एक साताभित्र हामी काठमाडौंमा रहेका अस्ट्रेलियाली पर्यटकलाई सिड्‍नी चार्टर उडानबाट लैजाँदै छौं,’ उनले भने ।


निगमकै स्रोतका अनुसार आउने बुधबार वाइडबडी विमान अस्ट्रेलियाली नागरिक बोकेर सिड्‌नी उड्ने पक्कापक्की भएको छ । दूतावाससँग लिखित सम्झौता एक/दुई दिनमा हुनेछ । स्रोतका अनुसार निगम अघि दूतावासले कतार एयरवेजको विमानबाट उद्धार गर्न छलफल गरेको थियो । तर, अन्तिमसमयमा कतारसँग कुरा नमिलेपछि निगमको वाइडबडी लिने पक्कापक्की भएको हो । निगमसँग २७४ सिट क्षमताका दुईटा एयरबसका ३३० वाइडबडी विमान छन् ।


निगमले वाइडबडी विमानबाट चीनको छेन्दु, ग्वाङजाउ र कुनमिङमा पनि चार्टर उडान गर्दैछ । तर यी सहरबाट कार्गो उडान हुनेछ ।

प्रकाशित : चैत्र १५, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?