कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लकडाउनमा 'फँसेका' ६ सय ८ विदेशी पयर्टक कतार उडे

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ६ सय ८ जना विदेशी पर्यटकलाई शनिबार कतार एयरवेजका दुईटा वाइडबडी विमानले काठमाडौंबाट उद्धार गरिएका छन् ।

लकडाउनमा 'फँसेका' ६ सय ८ विदेशी पयर्टक कतार उडे

दोहाबाट शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मिनेटको अन्तरमा अवतरण गरेका दुईटा चार्टर विमानबाट उनीहरुलाई दोहा लगिएको हो । त्यहाँबाट उनीहरु आफ्ना मुलुकका लागि हुने नियमित उडानमा स्वदेश फर्किने छन् ।





यी दुई चार्टर उडानमध्ये काठमाडौंमा रहेका फ्रान्स र अर्को जर्मन दुताबासले झिकाएका थिए । फ्रान्स दुतावासले झिकाएको र जर्मन दुताबासले झिकाएका दुबै उडानमा ३०४/३०४ जना विदेशीलाई दोहा लगिएको हो । यीनमा फ्रान्स र जर्मनका बाहेक अन्य युरोपियन मुलुकका पनि यात्रु छन् ।





शनिबार भएका दुईटा चार्टर उडानमध्ये जर्मन दुताबासको दोस्रोपटक हो । उसले शुक्रबार पनि काठमाडौंबाट ३ सय ४ जना जर्मनसहित युरोपियनलाई स्वेदश पठाएको थियो ।





पर्यटन बोर्डले यो वसन्तकालीन सिजनमा देशभर १० हजार पर्यटक विभिन्न ठाउँमा पदयात्रालगायतका भम्रणमा रहेको अनुमान गरेको छ । यीमध्ये पोखरासहित २२ स्थानमा अलपत्र परेका ५ सय २६ विदेशी बोर्डको सर्म्पकमा आएका छन् ।




तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : चैत्र १५, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?