कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा 'क्र्यास-ल्यान्ड', सबै सुरक्षित [अपडेट]

सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा बिहान ११ : ३० मा क्र्यास-ल्यान्ड भएको छ ।

नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा 'क्र्यास-ल्यान्ड', सबै सुरक्षित [अपडेट]

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो । चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?