कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धुले पहिरोले सिद्धार्थ राजमार्ग बन्द 

माधव अर्याल

पाल्पा — धुले पहिरो खसेपछि सिद्धार्थ राजमार्ग शुक्रबार रातिदेखि अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्डको कालीमाटी नजिकमा शुक्रबार राति धुले पहिरो खसेको हो ।

प्रभास प्रहरी चौकीका प्रहरी नायब निरीक्षक एक्कबहादुर नेपालीका अनुसार घुम्ती फराकिलो बनाउन खनेको स्थानमा पहिरो खसेको हो ।


केही दिनअघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको उनले बताए । डोजर र एक्स्काभेटरको प्रबन्ध गरेकाले ११ बजेभित्रै सडक खुलाउने तयारी गरिएको छ । सडक डिभिजनले घुम्ती फराकिलो बनाउने काम गरिरहेको छ ।


पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिँडेकाहरु र एम्बुलेन्ससमेत गुड्न पाएका छैनन् । उत्तर-दक्षिण राजमार्ग भएकाले कम्तीमा ६ जिल्ला पुग्ने खाद्यान्न यही सडक भएर लैजानुपर्छ ।

प्रकाशित : चैत्र १५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?