कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ — करिब २० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्‍त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । 

२० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्‍त्री ओलीको मुटुको धड्कनमा गडबडी आएपछि बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । डा. अरुण सायमिले प्रधानमन्‍त्रीको स्वास्थ्य सबै ठीक भएकोले डिस्चार्ज गरिएको बताए ।


'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ‌ओलीज्यू मनमोहन सेन्टर महाराजगन्जमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ', प्रेस सल्लाहकार सूर्य थापाले जारी विज्ञप्तिमा लेखिएको छ, 'उहाँ बिहीबार राति ११:३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ ।'


प्रधानमन्‍त्री ओलीको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।


प्रकाशित : चैत्र १४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?