कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘परीक्षणको दायरा अझै बढेन, परिणाममुखी भएन’ 

विदेशबाट फर्केका शंकास्पद सबै बिरामीको परीक्षण आवश्यक
अतुल मिश्र

काठमाडौँ — कोभिड १० को नमुना परीक्षण  जति धेरै परीक्षण, उति यसबारे यथार्थ थाहा हुने विज्ञहरुको भनाइ छ । तर मुलुकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हालसम्म ८ सय २ नमूना परीक्षण भएको छ । 

विशेषज्ञहरुले कोरोना भाइरस(कोभिड–१९) विदेशबाट फर्किएका व्यक्तिको जतिसक्यो धेरै परीक्षणको दायरा बढाउन आवश्यक भएको बताएका छन् ।


उनीहरुले हाल भारतबाट फर्किएका शंकास्पद केशसंगै विदेशबाट फर्किएकाहरुको संसर्गमा रहेर कोरोना सम्बन्धी कुनै लक्षण देखिए परीक्षणको दायरामा ल्याउनु पर्ने सुझाव दिएका छन् । ‘लकडाउन लाई कोभिड–१९ विरुद्घको युद्घ परीणामुखी बनाउन परीक्षणको दायरा विस्तार गरेर संक्रमण पहिचान गर्नु आवश्यक छ’, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा.सागरकुमार राजभण्डारले भने ।


संक्रमणको विस्तारमा कमी आउने समय लकडाउनको अधिकतम उपयोग गर्दै यो समय परीक्षणको माध्यमले पहिचान गरिएका संक्रमित आइसोलेसनमा राखेर चिकित्सकीय सेवा दिनु अहिलेको आवश्यकता भएको जनाए ।


विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोनाको अत्यन्त जोखिममा रहेको औंल्याउदै परीक्षण संख्यामा थप विस्तार गर्नु पर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वर् निर्देशक डा.जिडी ठाकुर बताउँछन् ।


‘डब्लूएचओ मात्र नभई हामी सबै जनस्वास्थ्यकर्मीले महिनौदेखि परीक्षण–परीक्षण–भनेर कराउँदै छौं, तर अझै खासै प्रगती देखिएको छैन’, डा.ठाकुरले जोड दिए, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८ सय २ परीक्षण गरिएको भए पनि यो संख्याले समुदायको वास्तविक स्थिति थाहा पाइदैन ।’ ‘जति ढिलो हुँदै गएको छ, हामी भाइरसको शिकार भएर त्यति ठूलो चिकित्सा भूमरीमा फस्ने अवस्थातर्फ जादैछौं’, डा.ठाकुरले थपे ‘प्रकृतिले नेपालीलाई समय दिए पनि यसको सदुपयोग अझै भएको छैन ।’


हाल दुईजना संक्रमित आइसोलेसनमा उपचाररत रहेको टेकु अस्पतालका डा.राजेश साहले संक्रमण समुदायमा फैलिएको मुलुकवाट आएका जोसुकैको निकट सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण आवश्यक रहेको बताउँछन ।


‘यो समय त परिक्षण गरेर समाजमा रहेका संक्रमित व्यक्तिको पहिचान गरेर त्यसलाइ स्वस्थ व्यक्तिभन्दा पृथक राखेर उपचार गर्दै संक्रमणको कडी तोडने अवस्था हो’ उनले भने, ‘संक्रमित व्यक्तिबाट हुने संक्रमणको विस्तार रोक्न सघाउने बेला हो यो ।’हालसम्म सरकारले साढे सात सय नमुनाको परिक्षण गरेकोमा यस मध्ये चीनबाट फर्किएर क्वारेन्टाइनमा राखिएका नेपालीहरुको ३ सय ७५ वटा नमुना हो ।


सरकारले उपत्यका बाहिर कोभिड १९ को नमुना परीक्षण गर्ने ल्याबको तयारी गरे पनि भएको छैन । ‘मुलुकको ठूलो अस्पताल, प्रतिष्ठान, मेडिकल कलेजहरुमा कोभीड–१९ परीक्षणमा उपयोग हुने पिसिआर मेसिन उपलब्ध छ’, डा.राजभण्डारीले थपे, ‘ती संस्थानहरुमा परीक्षण किट उपलब्ध गराएर कोरोना परीक्षण राजधानी बाहिर समेत सुरु गर्नपर्छ ।’ शुक्रबारसम्म नेपालमा तीन व्यक्तिमा संक्रमण देखिएकोमा एक जना निको भएर आफ्नो काममा फर्किसकेका छन् ।

प्रकाशित : चैत्र १४, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?