कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री ओलीसँग अस्पतालमा भेट

काठमाडौँ — मुटुको चाल केही बढेपछि अस्पताल भर्ना भएका प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।

अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री ओलीसँग अस्पतालमा भेट

बिहान साढे १० बजे अस्पताल पुगेका दाहाल र ओलीबीच करिब आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । भेटमा उनीहरुबीच कोरोना संक्रमणको त्रासमा देश लकडाउन भएपछिको अवस्था र यतिखेर पार्टी र सरकारले खेल्न सक्ने प्रभावकारी भूमिकाका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ ।

बिहीबार राति अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यस्थिति अहिले सुधार भएको र भरे साँझसम्म उनको डिस्चार्ज हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो पनि


प्रकाशित : चैत्र १४, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?