कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णालीमा सुरक्षाकर्मीलाई ५० प्रतिशत, स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

कलेन्द्र सेजुवाल

(सुर्खेत) — कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामको लागि स्थापना गरिएको हेल्थ डेस्क, क्‍वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ । 

कर्णालीमा सुरक्षाकर्मीलाई ५० प्रतिशत, स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीलाई सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीकाअनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमस्थित चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय पनि गरिएको छ ।


प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक–एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख

सहयोग गर्नुका साथै मन्त्रीको संयोजकत्वमा अस्पताल समन्वय तथा परिचालन समिति गठन गरिएको छ ।

प्रदेश अस्पतालमा सामाजिक विकासमन्त्री दल रावल, प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र चौरजहारीमा मन्त्री केसी समितिका संयोजक तोकिएका छन् ।


विकासमन्त्री केसी बैठकले मन्त्रिपरिषदका सदस्यले एक/एक महिनाको तलब कोरोना विपद् कोषमा जम्मा गर्ने निर्णय गर्दै अन्य जनप्रतिनिधि, कर्मचारी, व्यापारी–व्यवसायीलाई समेत सहयोग गर्न अपिल गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।




प्रकाशित : चैत्र १३, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?