बाल सुधार गृहमा रहेकी बालिकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

काठमाडौँ — सर्वोच्च अदालतले बाल सुधार गृह सानोठिमी भक्तपुरमा रहेका एक बालिकालाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासले ज्यानमुद्दामा ५ वर्ष कैद सजाय पाएकी ती बालिकालाई अविभावकको जिम्मामा छाड्न आदेश गरेको हो ।

बाल सुधार गृहमा रहेकी बालिकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

आदेशमा भनिएको छ, ‘हाल विश्वव्यापी फैलिएको महामारीलाई मध्यनजर राखी खोजेको बखत उपस्थित गराउने गरी आवश्यक प्रक्रिया पूरा गरी ती बालिकालाई काकाको जिम्मा लगाइदिनु भनी भक्तपुर जिल्ला अदालतलाई लेखी पठाइदिनु ।’


ती बालिका २०७५ साल वैशाख २३ गतेदेखि भक्तपुरको बाल सुधार गृहमा थिइन् । उनलाई जिल्ला अदालत काभ्रेले १० वर्ष कैद सजाय तोकेकोमा उच्च अदालत पाटनले ‘सजाय चर्को पर्न जाने’ भन्दै सजाय घटाएर ५ वर्ष बनाएको थियो ।


प्रकाशित : चैत्र १३, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?