नेपालमा अड्किएका जर्मन नागरिक लिन कतार एयरवेज आउँदै

काठमाडौँ — कोरोना सन्त्रासकाबीच नेपालमा अड्किएका जर्मन नागरिक लिन भोलि (शुक्रबार) कतार एयरवेजको चार्टड विमान काठमाडौं आउने भएको छ ।

नेपालमा अड्किएका जर्मन नागरिक लिन कतार एयरवेज आउँदै

विशेषतः पोखरा, लुक्ला र काठमाडौंमा अड्केर बसेका ४ सयभन्दा बढी जर्मन पर्यटक नेपालबाट फिर्ता लैजानेबारे प्रबन्ध मिलाइदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई गत सोमबार अनुरोध गरेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण चैत १९ सम्म नेपाल सरकारले सबै अन्तर्राष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाएकोमा जर्मन दूतावाससहित युरोपेली संघले गरेको आग्रहमा नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार दुई फ्लाइट उडानको अनुमति दिएको हो । कतार एयरवेज दोहा हुादै जर्मनीको फ्रेंकफर्ट जानेछ ।

नेपालमा पर्यटक बनेर आएका फ्रेन्च, अमेरिकी र बेलायती नागरिक समेत काठमाडौंमा अल्झेर बसेकाले तिनलाई समेत फिर्ता लैजान सम्बद्ध कूटनीतिक नियोगले परराष्ट्रमा आग्रह गरिसकेका छन् ।

‘तर, यसबारे भने औपचारिक निवेदन आइसकेको छैन,’उड्डयन प्राधिकरणका एक पदाधिकारीले भने ।

प्रकाशित : चैत्र १३, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?