काठमाडौँ — इराकको स्वाशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट बुधबार दुई नेपाली पक्राउ परेका छन् । मानव तस्करको गिरोहले सामान बोक्ने भ्यानको पछाडि राखेर अर्बिल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट उनीहरुलाई पक्रेको हो ।
उनीहरुलाई लैजाने ड्राइभरले यसअघि नै गैरकानुनी काम गरेको आरोपमा सजाय पाएका थिए । ती युवालाई कताबाट ल्याइएको हो भन्ने खुलिसकेको छैन ।
ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार उनीहरुलाई कोभिड–१९ परीक्षणका लागि पठाइएको छ ।