लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ, १४ सय १७ सवारी नियन्त्रणमा

मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण फैलन नदिन सरकारले लगाएको देशव्यापी लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन । लकडाउनको तेस्रो दिन बिहीबार ७ वटै प्रदेशबाट १ सय ४२ जना पक्राउ परेका छन् । 

लकडाउनमा बिना अनुमति सवारी चलाउने १ हजार ४ सय १७ चालक कारबाहीमा परेका छन्। अनुमति बिनै गुडेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाट १ जना पक्राउ र २ सय ५२ सवारी साधन नियन्त्रणमा लिइएको छ। त्यसैगरी १ नम्बर प्रदेशबाट ५२ जना पक्राउ पर्नुका साथै २ सय ७३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।


प्रदेश २ मा २ सय ८ सवारी र १६ जना मानिसलाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार वागमती प्रदेशमा १५ जना मानिस र १ सवारी साधन नियन्त्रणमा लिइएको छ। गण्डकी प्रदेशबाट प्रहरीले २ सय ७२ सवारी र १ जना सर्वसाधारलाई नियन्त्रणमा लिएको छ।


५ नम्बर प्रदेशबाट १५ जना मानिस र २ सय १ सवारी, कर्णाली प्रदेशबाट २२ व्यक्ति र ७२ सवारी र सुदूरपश्चिम प्रदेशबाट २१ जना मानिस र १ सय ७७ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ।


पक्राउ परेका सबैलाई साँझ सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ। सवारी साधन भने प्रहरी युनिटमै राखिएको छ। मंगलबार र बुधबारको लकडाउन उल्लंघन गर्ने करिब १५ सय सवारी साधन सहित १ सय भन्दा बढी पक्राउ परेका थिए। प्रकाशित : चैत्र १३, २०७६ १८:३४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रहेनन् तत्कालीन माओवादी नेतालाई सेल्टर दिने जयबहादुर

खर्च अभावमा समयमा भएन मिर्गौला प्रत्यारोपण
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दस वर्षे सशस्त्र द्‍वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत नेतारलाई सेल्टर दिएका जयबहादुर थापाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको छ । ५४ वर्षको उमेरमा थापा विगत दुई वर्षदेखि मिर्गौला रोगबाट पीडित थिए । 

उनको दुवै मिर्गोलाले काम गर्न छाडेपछि नियमित रुपमै डायलसिस गर्दै आएका थिए। चिकित्सकले समयमै मिर्गौला प्रत्यारोपण गर्न सल्लाह गर्न नदिए पनि आर्थिक अभावका कारण प्रत्यारोपण नहुँदा विगत केही महिनायता उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। रोगले च्यापेपछि उनलाई दुई दिनअघि दिल्लीको विनायक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार मध्यान्ह करिब १ बजे उनको निधन भएको अखिल भारत नेपाल एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले पुष्टि गरेका छन्। खड्काअनुसार उनको बिहीबार नै दिल्लीकै हैदरपुर घाटमा अन्त्येष्टि गरिएको छ। उनका श्रीमतीसहित तीन छोरी, एक छोरा छन्।

थापा पूर्वमाओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता मन्चको केन्द्रीय सल्लाहकार थिए। माओवादी विद्रोह चरमोत्कर्षमा रहेका बेला पार्टीका अधिकांश उच्च तहका नेताहरु भारतमा प्रवासमा रहेका बेला उनीहरुको बासस्थानदेखि सुरक्षाको जिम्मा थापाकै काँधमा थियो। पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईलगायत अधिकांश नेताहरुलाई भारतको राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षित सेल्टरको व्यवस्था गर्ने जिम्मा थापाकै काँधमै थियो। तर, त्यस्तो निकै चुनौतीपूर्ण समयमा नेताहरुलाई साथ दिएका थापाले रोगविरुद्धको संघर्ष भने कसैबाट पनि साथ पाएनन्।

यो पनि

प्रकाशित : चैत्र १३, २०७६ १८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×