१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिकित्सक र स्वास्थ्य प्राविधिकलाई प्रधानमन्त्रीको आग्रह- सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्य प्राविधिकलाई आग्रह गरेका छन् । बिहीबार अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकारसँगै रहेकाले चिन्तित नभई काम गर्न आग्रह गरेका हुन् ।

चिकित्सक र स्वास्थ्य प्राविधिकलाई प्रधानमन्त्रीको आग्रह- सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं

‘चिकित्सक तथा प्राविधिक साथीहरु : हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरुको सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं, कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं’ प्रधानमन्त्रीको ट्वीटमा छ ।


सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्न खोजेका हुन् । कोभिड–१९ परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण अभाव भएपछि सरकारले कोरोना संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) चीनबाट मगाएको छ । यी सामग्री शनिबार साँझसम्म काठमाडौं आउने सरकारी दाबी छ ।


बुधबार पनि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत अर्को निर्णय नभएसम्मका लागि घरमै बस्न सबै नागरिकलाई आग्रह गरेका थिए । सरकारले मंगलबारदेखि मुलुकभर साताव्यापी लकडाउन घोषणा गरेको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ बाट तीन जना संक्रमित भएका छन् । एक जना निको भएर घर फर्केका छन् भन् दुई जना उपचारमै छन् ।

यो पनि

प्रधानमन्त्रीको आग्रह–‘अर्को घोषणा नहुँदासम्म घरमै बस्‍नुहोस्’

प्रकाशित : चैत्र १३, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?