५८ जना फ्रान्सेली नागरिक बोकेर बुद्धको जहाज काठमाडौं फर्कियो
काठमाडौँ — बुद्धको जहाज ५८ जना फ्रान्सेली नागरिक बोकेर पौने ५ बजे काठमाडौं फर्किएको छ । उसले एक जना बृद्ध फ्रान्सेली महिलालाई भने ल्याएन ।
‘गृहले ५८ जनाको मात्रै अनुमति दिएकाले एक जना वृद्ध महिलालाई प्रहरीले जहाजमा राख्न नमिल्ने जनाउदै बोर्ड गर्न दिएन,’उक्त उडानसँग सम्बन्धित एक अधिकरीले भने, ‘प्रहरीले जहाजमा चढ्ने अनुमति नदिएपछि ती महिला विमानस्थलमै रुन थालिन हाम्रो ७२ सिट भएको जहाज ५८ जना मात्रै बोकर काठमाडौं फर्कियो ।’
काठमाडौंस्थित फ्रान्सेली दूतावासले विमान चार्टर गरेको थियो । बिहान ९ बजे नै उड्नुपर्ने जहाज गृह,पर्यटनसहित तीन वटा मन्त्रालयको अनुमति प्रक्रियाको अल्झनका कारण ६ घन्टा ढिलो पोखराका लागि उडेको थियो ।
फ्रान्सेली पर्यटक ७ बजे नै पोखरा विमानस्थलमा आइपुगेका थिए । हेलिकप्टरतर्फ बिहीबार ७ वटा चार्टर उडान भएका छन् ।
यो पनि पढ्नुहोस्ः
फ्रेन्च पर्यटक लिन बुद्धको जहाज पोखरा गयो
प्रकाशित : चैत्र १३, २०७६ १७:३२