कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्‍वरेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए

तृप्ति शाही

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका एक स्वास्थ्यकर्मी कुटिएका छन् । पालिकाको ५ नम्बर वडामा रहेको भूमिराज मावि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करनसिंह धामी कुटिएका हुन् ।

क्वारेन्टाइमा राखिएका आफ्‍ना एक आफन्तले किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले अहेब धामीलाई कुटपिट गरेका हुन् । बुधबार पालिकाले भारतबाट फर्केका ७ जनालाई सोही विद्यालयमा राखेको थियो ।

जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयले बताए ।

स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।र् कुटाइ खाएका स्वास्थ्यकर्मीलाई सामन्य चोट लागेको थियो ।

नगरपालिकाले स्वास्थ्यकर्मी कुट्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएको छ ।

देश लकडाउनमा रहेको अवस्थामा सहयोग गर्नुको साटो ड्युटीमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको कारबाही र स्वास्थ्यकर्मीको उपचार खर्च पीडकले व्यहोर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रकाशित : चैत्र १३, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?