३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चौबिसै घण्टा स्वास्थ्य सामग्री पुर्‍याउन मेडिकल आपूर्ति संघको अपिल

काठमाडौँ — स्वास्थ्य सामग्री व्यवसायीहरुको संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले देशभरका हरेक अस्पताल र स्वास्थ्य संस्थाहरुमा चौबीसै घण्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न र संघमा आवद्ध व्यवसायी र कर्मचारीहरुलाई अपिल गरेको छ ।

चौबिसै घण्टा स्वास्थ्य सामग्री पुर्‍याउन मेडिकल आपूर्ति संघको अपिल

साथै संघले आवश्यकता अनुसार मर्मत संभारको कार्य गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।

संघका अध्यक्ष सुरेश घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ भाइरसको समस्यासँग जुध्न आफ्नो सामर्थ्यले भ्याएसम्म हरेक स्वास्थ्य संस्थामा सामग्री आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरेका हुन् ।


'हामीले आफ्नो सामर्थले भ्याएसम्म हरेक अस्पताल र स्वास्थ्य संस्थामा चौबीसै घण्टा आवश्यक स्वास्थ्य सामाग्री गर्नु पर्नेछ,' उनको अपिलमा भनिएको छ । सेवा प्रदान गर्दा आवश्यक दूरि कायम गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न पनि संघले अनुरोध गरेको छ । कोभिड–१९ बाट बच्‍न सरकारले चालेका कदमहरुको संघले पूर्ण समर्थनका साथ स्वागत पनि गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?