कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रधानमन्त्रीको आग्रह–‘अर्को घोषणा नहुँदासम्म घरमै बस्‍नुहोस्’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको आग्रह–‘अर्को घोषणा नहुँदासम्म घरमै बस्‍नुहोस्’

प्रधानमन्त्रीले ट्विटमा फोटोसँग लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्‍नुहोस् ।’ र, उनको ट्वीटमा छ, ‘अहिले हामी सबै लकडाउनमा छौं । सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् ।’

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ । दुई दिनदेखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका हुन् ।

बुधबारमात्रै थप एक नेपालीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि सरकार थप सतर्क भएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?