२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भागेकाहरुको खोजी भएन 

मधु शाही

बांके — नेपालगन्ज नाका हुदै भारतदेखि आएका साढे ५ सय नेपाली बुधबार क्वारेन्टानबाट भागे । फितलो प्रशासनका कारण उनीलाई व्यवस्थित गर्न नसक्दा भागेका हुन् । तर, यसको स्वीकारोक्ति न त प्रहरी गर्छ न जिल्ला प्रशासन नै । 

भागेकाहरुको खोजी भएन 

क्वारेन्टाइनमा दैलेख, जागरकोट, बांके, बर्दिया, सुर्खेत, दाङ लगायत जिल्लाबाट आएका झन्डै साढे ५ सय नेपाली थिए । नपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाका अनुसार भागेकाहरुलाई अहिलेसम्म प्रशासनले खोजी नगरेको बताइन् ।


क्वारेन्टाइनमा बांके जिल्लालाई राखेर अरु जिल्लाकालाई सम्बन्धित ठाउँमा जिम्मा लागउने भन्ने थियो । मान्छे आत्तिएर आफू नभएको बेला भागेर गएको उनले सुनाइन् । उनले झन्डै ३ सय जनालाई भाग्दै गरेकोलाई फिर्ता गराएर खाना खुवाइ व्यवस्थितत तरिकाले घर फिर्ता गरिदिएको दाबी गर्छिन् ।


जिल्ला प्रशासन प्रमुख कुमार बहादुर खड्काले भागेर गएकाको खोजी गर्नु भन्दा पनि सम्बन्धित जिल्लामा फोन गरेर क्वारेन्टाइनमा राख्न अनुरोध गरेको बताए ।


नेपालगन्जको क्वारेन्टाइनमा अहिले कोहि पनि छैनन । भारतदेखि आएका बांके जिल्लाकै मान्छे कति जना थिए ? त्यसको कुनै जानकारी प्रशासनलाई छैन । र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा यहाँको प्रशासन मौन छ । होम क्वारेन्टाइन ठिक भएको भन्दै प्रशासनले खोजी नगरेको उप मेयर थापाले सुनाइन् ।


‘खोजी गर्ने काम प्रशासनको हो । हामीले पटक पटक भन्दा पनि सिडियो साबले होम क्वारेन्टाइन राख्ने भनेर छोडिरहनु भएको छ’, उनले भनिन्, ‘घटना भएपछि वडाका जनप्रतिनिधिलाई समेत बोलाउदा कसैले चासो देखाएनन, बांके बढि रिक्समा छ ।’


बांकेका एसपी वीरबहादुर ओलीले यस विषयमा आफूलाई केहि जानकारी नभएको भन्दै गैर जिम्मेवारी जवाफ दिए ।


त्यस्तै, भारतको रुपैडिया नाकामा अलपत्र परेका ८० जना नेपालीलाई नेपालगन्ज नाका हुँदै घर फिर्ता गरिएको छ । सीमामा ज्वरो जाँच गराएर सबैलाई सम्बन्धित जिल्लामा पठाइएको भएपनि क्वारेन्टाइनमा राखेर सुरक्षा अपनाउनु पर्ने काम प्रशासनले गरेन । ‘सेल्फ क्वारेन्टाइन नै उपयुक्त छ’, सिडियो खड्का भन्छन्, ‘त्यसैले हामीले क्वारेन्टाइनमा नराखी घरमै पठाउन उचित ठान्यौं ।’


यो पनि पढ्नुहोस्ः

क्‍वारेन्टाइनबाट 'भागे' भारतबाट आएका नेपाली

प्रकाशित : चैत्र १२, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?