कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्लिम आयोगका अध्यक्षले सयजना ज्यालादारी मजदुरलाई खाद्यान्‍न सहयोग गर्ने

काठमाडौँ — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सयजना ज्यालादारी मजदुरलाई खाद्यान्‍न सहयोग गर्ने भएका छन् । 

मुस्लिम आयोगका अध्यक्षले सयजना ज्यालादारी मजदुरलाई खाद्यान्‍न सहयोग गर्ने

कोभिड-१९ संक्रमणको जोखिम रोक्‍नका लागि सरकारले लगाएको लकडाउनका कारण खाद्यान्‍नबाट अभाव नहोस् भनेर उनीहरुलाई १५ दिनसम्म पुग्‍ने खाद्यान्‍न उपलब्ध गराउने आयोगका अध्यक्ष अन्सारीले बताए ।


स्थानीय तहका जनप्रतिनिधिको सिफारिसको आधारमा उनीहरुलाई चामल,दाल,तेल र नुन दिइने उनले बताए ।


यस्तै, सरकारको कोरोना रोकथाम तथ नियन्त्रण कोषमा अन्सारीले एक महिनाको तलब जम्म‍ा गर्ने पनि जनाए ।

प्रकाशित : चैत्र १२, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?