कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१२ घन्टामा तयार भयो सय वार्डको उपचार केन्द्र [तस्बिरहरु]

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको सुनवल नगरपालिकाले १२ घन्टामा एक सय वार्डको अस्थाई उपचार केन्द्र निमार्ण गरेको छ । क्वारेन्टाइनमा बस्न चाहनेले पनि यसलाई प्रयोग गर्न सक्नेछन् । कोराना भाइरस संक्रमण भएकाको उपचार कक्ष निमार्ण भएको हो । सुनवल नगरपालिका, प्रहरी युक्ती महाविद्यालय सुनवल ११ को समन्वयमा एक सय वार्डको उपचार केन्द्र निमार्ण भएको हो ।

१२ घन्टामा तयार भयो सय वार्डको उपचार केन्द्र [तस्बिरहरु]

उपचार केन्द्रमा सुनवल नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारी र प्रहरी युक्ती तालिम केन्द्रका चिकित्सक खटिने छन् । यसका लागि आवश्यक औषधि र उपकरणको व्यवस्था गरिएको छ ।


सुनवल ११ जर्गाहाको खाली चौरमा निमार्ण गरिएको उपचार केन्द्रको सुरक्षामा प्रहरी खटिने छन् । सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले मुलुक नै लकडाउन भएको अवस्थामा सर्तकता अपनाउन र संक्रमण देखि हालेमा तत्काल नागरिकले उपचार पाउन भन्ने उदेश्यले अस्थाई उपचार केन्द्र निमार्ण भएको बताए । ‘विश्व व्यापीरुपमा संक्रमण फैलिएको छ । यसलाई हामीले गम्भीररुपमा लिनुपर्दछ ।’उनले भने,‘भवितव्य आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै एकसय वार्डको निशुल्क उपचार केन्द्र १२ घन्टाभित्र निमार्ण गरिएको हो । संक्रमण देखिएमा तत्काल उपचार सेवा पाउने र आईसीयुमा राख्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा रिफर गरिने छ ।’


मंगलबार उपचार केन्द्रको भौतिक संरचना पुरा भएकाले बुधबार बिहानबाट उपचार सेवा सुरु हुनेछ । कसैलाई संक्रमणको लक्षण देखिएमा प्रहरी वा सुनवल नगरपालिकालाई खबर गरेपछि एम्बुलेन्सको व्यवस्था गरिएको छ । निजी अस्पताल र सरकारी अस्पतालले कोरोना भाइरसको लक्षण मिल्ने बिरामीलाई उपचार गर्न आनाकानी गरेर प्राथमिक उपचार पनि नगरी ठूला अस्पतालमा रिफर गर्ने गरेकाले स्थनीयले सहजै उपचार सेवा पाउने आशा गरिएको सुनवल १२ का सन्दिप खरालले बताए ।


जिल्लाको रामग्राम नगरपालिकाले पनि कोरोना भाइरसका शंकास्पद बिरामीका लागि आदर्श मावि परासीमा क्वारेन्टाइन स्थापना गरेको छ । यसका लागि आवश्यक २५ सेट बेड र आवश्यक सामग्रीको व्यवस्था गरेको छ । स्वाथ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी कोरोना भाइरसको मुख्य लक्ष्ण र बाच्ने उपायको बारेमा नगरवासीहरुलाई सचेत गराउने काममा परिचालन गर्ने भएको छ ।


बर्दघाट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर आइसोलेसन वार्ड स्थापना गरेको छ । शहिद स्मृति सामुदायिक अस्पतालमा बर्दघाट चैपात्तामा आइसोलेसन वार्ड स्थापनाका आवशयक सामग्री खरिद गरेको छ । बर्दघाट ४ त्रिवेणी चोकमा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?