२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लकडाउन अभियान प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन

प्रकाश बराल

बागलुङ — जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाइरसविरुद्ध लकडाउन अभियानलाई प्रभावकारी बनाउन सेना परिचालन गर्ने भएको छ ।

लकडाउन अभियान प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गर्दै उक्त ऐनको दफा २ बमोजिम जिल्लास्थित अर्जुनवाण गणलाई परिचालित हुन अनुरोध गरेको बताए । सोमबार सुरक्षा समितिको बैठक पनि बसेको थियो । बैठकले संक्रामक रोग ऐनविपरीत कसैले काम गरेमा कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरेको हो ।


आदेश पालना नगर्नेलाई कारबाही गर्ने अधिकार प्रजिअलाई दिइएको छ । ‘निषेधाज्ञा जारी गरेपछि सेना परिचालनको अवस्था बन्छ, बैठकले त्यो तयारी गरेको हो’ प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘लकडाउन देशैभर उल्लंघन भएकोले कर्फ्यू समेतमा पुग्ने तयारी भएको हो ।’


संक्रमणको आशंका बढ्दै गएकोले सबैलाई घरभित्रै रहन पनि उनले आग्रह गरे । अहिलेसम्म कर्फ्यू भने जारी भएको छैन । बुधबार बिहानदेखि कर्फ्यू जारी हुन सक्ने अधिकारीहरुले बताए ।


प्रकाशित : चैत्र ११, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?