कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन उल्लंघन गर्ने ५२ जना पक्राउ

मातृका दाहाल

काठमाडौँ — लकडाउन उल्लंघन गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्‍न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

माइकिङ गरेर सर्वसाधरणालई घरबाट ननिस्कन आग्रह गरिएको तर त्यसलाई उलंघन गर्ने ५२ जनालाई पक्राउ गरिएको डीआईजीक्षेत्रीले जानकारी दिए।


पक्राउ परेका सबैलाई कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ-बुझाइ छाडिएको उनले बताए । अन्य स्थानमा भने नागरिक आफैं सचेत भएर लकडाउनको पालना गरेको प्रहरीले जनाएको छ ।


तरकारी,खाद्यान्‍न,पानी दूध,औषधि लगायत अत्यावश्यक लगायतका वस्तु खरिद गर्न जानेलाई परिस्थिती हेरेर लचकता अपनाइएको प्रवक्ता क्षेत्रीले बताए । प्रकाशित : चैत्र ११, २०७६ १७:२०

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुधबारदेखि झापाका दैनिक र साप्ताहिक पत्रिकाको प्रकाशन बन्द

कान्तिपुर संवाददाता

बिर्तामोड — कोभिड-१९ को सम्भावित जोखिमका कारण झापाका दैनिक तथा साप्ताहिक पत्रिकाको प्रकाशन बन्द हुने भएको छ । पत्रिकाका सम्पादक, प्रकाशकहरुको मंगलबार बिर्तामोडमा भएको छलफलले बुधबारदेखि पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको हो । 

जिल्लामा ९ वटा दैनिक तथा १८ वटा साप्ताहिक पत्रिका छन्। कोभिड १९ को संक्रमणको जोखिम तथा लकडाउनका कारण प्रकाशन र वितरणमा समस्या भएकाले बन्द गर्ने निर्णय गरेको प्रकाशक/सम्पादकहरुले जारी गरेको सूचनामा उल्लेख छ। उनीहरुले पत्रिकाको प्रकाशन बन्दबारे सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएका छन्।

असहज परिस्थितिमा प्रकाशन बन्द गर्नुपरेकाले पत्रिकाको वर्गीकरण मूल्यांकनमा सहजीकरण गरिदिन पत्रकार महासंघलाई आग्रह गरिएको छ।

प्रकाशित : चैत्र ११, २०७६ १७:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×