कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट औषधि र सहयोग सामाग्री छिटो आइपुग्छ : ज्ञवाली

'सबै सहयोग एकैचोटी नआउने'
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

नेपालले पत्रसाथ आवश्यक सामाग्री, औषधि र सहयोगको सुची पनि नेपालले पठाएको छ । विदेशी मुलुकहरुबाट आवश्यक औधषि र स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि ज्ञवालीको नेतृत्वमा एक कार्यदल समेत बनेको छ ।


ज्ञवालीले कान्तिपुरसँगको कुराकानीमा भारत र चीनसहित अन्य मुलुकबाट आवश्यक सामग्री ल्याउनका लागि पहल भइसकेको बताएका छन् । तर चीन, भारत वा अन्य मुलुकबाट कहिले कुन सामग्री नेपाल भित्रिन्छ भने हालसम्म टुंगो लागेको छैन । परराष्ट्र मन्त्री ज्ञवालीले छिटोभन्दा छिटो चीनबाट पनि आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुग्ने बताए ।


नेपालले चीन सरकारसँग औषधि, एन–95 मास्क, तीन थरीका पीपीई (पर्सनलप्रोटेक्ट इक्युपमेन्ट), आइसीयू बेड, कोरोना टेष्ट गर्ने किटलगायत १९ ओटा सामग्रीहरु सुची तयार पारेर बेइजिङ पठाएको छ ।


स्वास्थ्य सचिव यादव कोइरालाले स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वास्थ्य सामग्री

ल्याउनका लागि परराष्ट्र मार्फत पत्र पठाइसकेको बताए । नेपालस्थित चिनियाँ उच्च अधिकारीले कान्तिपुरसँगको कुराकानीमा चीन सरकार नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताए पनि नेपालले माग गरेका जति स्वास्थ्य सामग्री तत्काल नै उपलब्ध हुन नसक्ने बताए ।


'हामीलाई अहिले संसारका एक सयभन्दा बढी मुलुकहरुबाट सहयोग माग भइरहेकाले गर्दा नेपालले भनेजति एकैपटक दिन सक्ने अवस्था छैन । विस्तारै सहयोग गरिरहने छौं,' ती अधिकारीले भने ।


ज्ञवालीको नेतृत्वमा रहेको कार्यदलले चीनसहित अन्य मुलुकका नेपाली राजदुत र नियोग प्रमुखहरुबाट आवश्यक स्वास्थ्य सामग्री ल्याउने विषयमा पहल गरिरहेको छ । त्यसमध्ये चीनबाट भने नेपालले स्वास्थ्य सामग्री, औषधीसहित कोरोना नियन्त्रणका अन्य उपायहरु पनि सिक्न लागेको हो ।


कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न चिनियाँ चिकित्सा टोलीले गत साता नेपाली स्वास्थ्य टोलीलाई भिडियो कन्फरेन्समार्फत् विभिन्न जानकारी दिएको थियो । नेपालले फेरि अन्य विषयमा पनि चीन सरकारका अनुभवप्राप्त पदाधिकारीहरुसँग कोरोना रोकथाम र नियन्त्रण गर्न भिडियो कन्फरेन्स गर्ने पहल गरिरहेको छ । प्रकाशित : चैत्र ११, २०७६ १६:५०

प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान 

बिनु सुवेदी

काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण तथा सामग्री ल्याउन खोज्‍नेलाई सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।


सरकारी प्रक्रिया अलवम्बन गर्दा सामग्री ढिलो आइपुग्‍ने भएकाले सरकारले निजी क्षेत्रलाई यस्तो आह्वान गरेको हो।

अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भने, 'निजी क्षेत्रले पारदर्शी तरिकाले चाँडै नै उपकरण ल्याउने हो भने सरकारले हवाई साधनको प्रबन्ध पनि गर्न सक्छ।'

यस्तै, समितिको म‌ंगलबार बसेको बैठकले सीमा नाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो।

प्रकाशित : चैत्र ११, २०७६ १६:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×