कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राकम कर्णालीमा सयौं यात्रु अलपत्र

एलपी देवकोटा

जुम्ला — नेपालगन्ज सुर्खेतदेखि जुम्ला मुगु आउँदै गरेका सयौं यात्रुहरु दैलेखको राकम कर्णालीमा अलपत्र परेका छन् । 
सोमबार दिउँसो १२ बजे देखि एउटा गाडी फसेपछि पछिका अन्य दुई दर्जन भन्दा धेरै सवारी र यात्रुहरु अलपत्र परेका हुन् । 

राकम कर्णालीमा सयौं यात्रु अलपत्र

कोरोनाको संक्रमणको डरले सुरक्षित घर फर्किन भन्दै आइतबार र सोमबार नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि छुटेका सबै सवारी साधन राकम कर्णालीमै अलपत्र परेको यात्रु अर्जुन सिंह कठायतले बताए ।


‘खोलामा अगाडि एउटा गाडी फसेको छ त्यसलाई निकाल्नु पर्यो भन्दा सरोकारवाला कसैले पनि चासो देखाएनन्,’ उनले भने, ‘हामीले सम्बन्धित सबै निकायलाई आग्रह गर्‍यौं तर कसैले पनि नुसने पछि यात्रुहरु आफैंले पैसा उठाएर डोजर लगाएर खोलामा फसेको गाडी किनारा लगाएका छौ । ’


खोलाको गाडी किनारा लगाएपनि मंगलबार बिहान ६ बजेदेखि देश नै लकडाउन गरिएपछि उनीहरु अलपत्र परेका हुन् । जुम्ला र मुगु आउने यात्रुहरु धेरै रहेको बताइएको छ । अलपत्र परेका यात्रुहरुलाई सुरक्षित गन्तव्य स्थलसम्म आफूहरुलाई पुर्‍याइदिन सरकारलाई आग्रह गरेका छन् । यात्रुवाहक सवारी र मालबाहक सवारी साधन राकममै थुनिएर बसेका छन् ।


अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनको लागि सडक डिभिजन कार्यालयसंग समन्वय भइरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन । ‘अहिले जिल्लामा निशेधाज्ञा गरिएका बेला कसरी अलपत्र परेका यात्रुहरुलाई गन्तव्यस्थलसम्म पुर्याउने भन्ने कालिकोट र दैलेखका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्नु पर्ने देखिन्छ,’उनले भनिन्,‘यात्रुहरुलाई नआतिन भनेका छौं ।’

प्रकाशित : चैत्र ११, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?