कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलिदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

कर्मचारीलाई घरमै स्ट्यान्डबाईमा राखिने
सीमामा आउने नेपालीको पहिचान गरी क्‍वारेन्टाइनमा राख्न निर्देशन
बिनु सुवेदी

काठमाडौँ — सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको उच्च सरकारी स्रोतले बतायो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो।


समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो। स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै 'स्ट्यान्डबाइ'मा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिएका हुन्।

प्रकाशित : चैत्र १०, २०७६ १७:३५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बागलुङका सरकारी र सार्वजनिक भवनमा आइसोलेसन वार्ड बनाइने

प्रकाश बराल

बागलुङ — जिल्ला विपद व्यवस्थापन समितिले बागलुङले मंगलबारदेखि दूध, खानेपानी, सुरक्षाकर्मी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स र अन्य अत्यावस्यक सेवाका सवारी बाहेक अन्यलाई गुड्न नदिने निर्णय गरेको छ । 



सोमबारको बैठकपछि प्रशासनले जारी गरेको विज्ञप्तीमा आत्यावस्यक बाहेकका सवारी गुडेमा कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरेको हो।

सोमबारको बैठकले विभिन्न कार्यालयलाई आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था पनि गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाईमा १५ बेड, बागलुङ नगरपालिकामा १६ बेड, जिल्ला हुलाक कार्यालयमा १२ बेड र पुरानो भेटेनरीमा ६ बेड राख्न सकिने गरी व्यवस्थापन थालेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए।

कृषि सामाग्री संस्थान, कवर्डहलहरु जस्ता सार्वजनिक महत्वका भवनलाई पनि आइसोलेसन वार्डमा विकास गर्न तयारी थालिने गरी निर्णय गरिएको बताइएको छ।

होटल, अन्य सार्वजनिक भवन, निजी तथा सार्वजनिक क्याम्पस समेतमा पूर्वाधार बनाउन थालिने गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जिम्मा दिने निर्णय गरिएको हो।

प्रकाशित : चैत्र १०, २०७६ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×