कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना रोकथाम कोषमा प्रधानमन्‍त्रीको सचिवालयका सदस्यले एक महिनाको तलब दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभरी फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)  संक्रमणविरुद्ध सरकारले स्थापना गरेको केन्द्रीय कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । 

सचिवालयका ६ सदस्यले एक महिना बराबरको रकम र ३ जनाले महिनाको आधा पारिश्रमिक रकम जम्मा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।


प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्ने भएका हुन्।


थापाका अनुसार विकास पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, सञ्‍चार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक रकम सहयोग गर्ने भएका हुन्।


आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमणविरुद्ध ५० करोडको विशेष कोष स्थापनाको घोषणा गरेको थियो।


सोही कोषमा सहयोग गर्न चाहनेहरुलाई पनि सरकारले आग्रह गरेको थियो। प्रकाशित : चैत्र १०, २०७६ १६:१६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्‍वारेन्टाइनबाट 'भागे' भारतबाट आएका नेपाली

मधु शाही

नेपालगञ्ज — सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट 'भागेका' छन् ।



जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।
निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्। 'कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्‍न सकेनौं,' एक प्रहरीले भने।
बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए। ठूलो संख्यामा आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।
क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्। 'सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,' थापाले भनिन्।

सिडिओ भन्छन्- 'हाम्रो रेकर्डमा भएका सबै छन्, को भाग्यो मलाई थाहा छैन'
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले भने भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको अस्वीकार गरे । 'हामीले क्‍वारेन्टाइनमा राखेका नेपाली हाम्रो रेकर्डमा छन् । बसै सुरक्षित छन् । को भाग्यो मलाई थाहा छैन,' उनले भने । उनले यस्तो बताए पनि बिहान दस बजे रुपैडियाँ-जमुनाहाबाट ल्याइएका नेपाली दिउसो तीन बजे भागेका थिए । यसको भिडियोसमेत कान्तिपुरले प्राप्त गरिसकेको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×