कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ सरकारले १० करोडको कोरोना भाइरस नियन्त्रण कोष बनाउने 

सन्जु पौडेल, अमृता अनमोल

बुटवल — प्रदेश ५ सरकारले १० करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोष बनाउने निर्णय गरेको हो । 


कोषमा मुख्यमन्त्रीसहितका ६ मन्त्रीहरुले समेत एक महिनाको तलब जम्मा गर्नेछन्। मन्त्रिपरिषद्को बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ।


यस्तै कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरेको छ। जसमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक रहनेछन्।


भिम अस्पताल भैरहवाका लागि संयोजकमा सामाजिक विकास मन्त्री, केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री संयोजक रहनेछन्।


बैठकले कानुन मस्यौदा तथा सुझाव कार्यदलको समयावधि असार मसान्तसम्म थप गर्ने, सार्वजनिक खरिद सम्बन्धी प्रदेश नियमावली २०७६ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए। प्रकाशित : चैत्र १०, २०७६ १५:४७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अख्तियारका कर्मचारीले कोरोना जोखिम न्यूनिकरणका लागि पारिश्रमिक दिने

भवानी भट्ट

कञ्चनपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका कर्मचारीहरुले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार कार्यालय सहयोगी र प्रहरी हवल्दार सम्मकाले १ दिनको र अन्य कर्मचारीले ३ दिन बराबरको पारिश्रमिक दिने निर्णय भएको हो । 

‘महामारीको जोखिम न्यूनिकरणका लागि हामीले आफ्‍नो पारिश्रमिक दिने निर्णय गरेका हौं’ विष्टले भने, ‘सबै कर्मचारीबाट संकलन हुने रकम कोषमा जम्मा गरिनेछ।’ उनका अनुसार सबै कर्मचारीबाट १ लाख ३७ हजार रुपैयाँ संकलन हुनेछ।


प्रकाशित : चैत्र १०, २०७६ १५:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×