३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काेरोना प्रभाव : काठमाडौंमा चहलपहल घट्‍यो

विमल खतिवडा

काठमाडौँ — सरकारले लामो दूरीका सवारी साधनको सञ्चालनमा रोक लगाएसँगै काठमाडौंको चहलपहल कम भएको छ । सोमबार काठमाडौंमा सार्वजनिक तथा निजी सवारी साधनहरु पहिलेजस्तो चलेको छैन ।

काेरोना प्रभाव : काठमाडौंमा चहलपहल घट्‍यो

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सार्वजनिक सवारी साधन ५ प्रतिशत र निजी सवारी साधन करिब ३० प्रतिशत मात्रै चलेका छन् ।

पहिले उपत्यकामा एकदिनमा सार्वजनिक र निजी गरी करिब १२ लाख सवारी साधन चल्ने उल्लेख गर्दै एसएसपी ढकालले कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न मानिसहरु घरमै बसेकाले भीडभाड कम भएको बताए । ‘नागरिकहरु अत्यावश्यक बाहेकका काममा बाहिर निस्किएका छैनन्, आफै सचेत भएर बाहिर ननिस्किएकाले बजारमा उपत्यकामा भीडभाड कम देखिएको हो,’ एसएसपी ढकालले भने ।

त्यस्तै बसपार्कहरु पनि सुनसान रहेका छन् । नयाँ बसपार्कमा ३० वटा जति मात्रै बस रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । करिब ८०० बस अट्ने नया बसपार्कमा अहिले करिब ३० वटा मात्रै बस रहेको उनले बताए ।

सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएसँगै उपत्यकाबाहिर गएका सवारी साधन उतै रोकिएकाले पनि यहाँ भीड कम भएको हो ।


तस्बिरहरु : कविन अधिकारी

प्रकाशित : चैत्र १०, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?