कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना संक्रमितको उपचारमा संलग्‍न चिकित्सकलाई सतप्रतिशतसम्म जोखिम भत्ता

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्‍न चिकित्सकलाई सतप्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ । 

आइतबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले काम लगाउनु पर्ने भएकोले ५० देखि सतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचारमा संलग्‍न चिकित्सकलाई सतप्रतिशतसम्म जोखिम भत्ता

मन्त्रिपरिषद्‍को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले जोखिम भत्ता चिकित्सकदेखि ल्याब, फ्रन्ट डेक्समा रहेर सेवा पुर्‍याउने सबैले पाउने जानकारी दिए । मन्त्री खतिवडाका अनुसार संक्रमितको उपचारमा खट्नेहरुको स्वास्थ्य सुरक्षाका लागि सबै किसिमका उपकरण उपलब्ध गरी परिचालित गर्ने निर्णय भएको छ ।


बैठकले सीमा नाकामा केही संक्रमित व्यक्तिहरु फेला परेमा उपचार केन्द्रमा लैजानका लागि 'प्यासेन्ट रिसिभिङ टिम' बनाउने निर्णय पनि गरेको छ । संक्रमित भएको पत्ता लागेका त्यस्ता व्यक्ति भाग्न नपाओस् भनी स्वास्थ्य, रक्षा र गृहमन्त्रालय सहकार्यमा टिम खटाइ उपचार केन्द्रमा पुर्‍याउने निर्णय गरिएको छ ।


सार्वजनिक र सरकारी सेवाहरु नियमित सञ्‍चालन हुनेछ मन्‍त्री खतिवडाले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रुपमा बजार अनुमगन गर्ने, आपूर्ति व्यवस्थालाई सहज बनाउने, भण्डारणलाई चेक गरी आपूर्ति गर्नुपर्ने भए गर्ने । त्यति गर्दा पनि बजारमा कृत्रिम अभाव गर्ने, कालोबजारी गर्ने अथवा आपूर्तिमा अवरोध पुर्‍याउनेलाई कानुनी कारबाही गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?