तनहुँमा बस दुर्घटना, मृतकको संख्या ३ पुग्यो [अपडेट]

हरिराम उप्रेती, सम्झना रसाइली, लालप्रसाद शर्मा

गोरखा/तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा आइतबार बस खस्दा तीन जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।

सल्यानका २२ वर्षीय सन्दीप ओली र ४० वर्षीय चूडामणि रेग्मीको मृत्यु भएको हो । अर्का एक मृतकको पहिचान नखुलेको डीएसपी लीलाराज लामिछानेले बताए । पोखराबाट दाङ जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस करिब एक सय मिटर तल नदी किनारमा खसेको हो ।


दुर्घटनाका घाइतेमध्ये दुईलाई पोखरा र सात जनालाई चितवन मेडिकल कलेज लगिएको छ । अन्यको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना महामारीमा मन कसरी शान्त राख्‍ने ?    

यस्तो बेला अत्यधिक तनाव, छटपटी, उदासी, अनिद्रा लगायतका विभिन्‍न लक्षणहरु देखा परेमा समयमै मानसिक स्वास्थ्यकर्मीसँग सम्पर्क राख्‍न आवश्यक हुन्छ ।  
डा. धनरत्न शाक्य

काठमाडौँ — विश्वमा अहिले कोरोना भाइरस (कोविड–१९)को त्रासदी व्याप्त छ । सर्वत्र आजकल कोरोना महामारीको चर्चा छ । संसारका धेरैजसो मुलुकहरु यसको कहर सामना गर्दैछन् । हाम्रो छिमेकी मुलुक चीन यसको व्यवस्थापनमा परिपक्व देखिँदैछ । कतिपय अरु देश आ–आफ्ना वस्तुगत यथार्थबीच चुनौती सामना गर्दैछन् । 

कुरा, भाइरस संक्रमणको हो । प्रतक्ष्यरुपमा त शरीरको हो । तथापि अरु समस्या, विपद् वा महामारीको जस्तै प्रभावको पहिले महसुस हुने, असर निरन्तर र निर्णायक रुपमा पर्ने भनेको हामी मान्छेको मनमा नै हो । मनमनमा तनाव, अनिश्चय, छटपटी, बेचैनी, डर, त्रास, भय र अशान्तिको राज फैलिएको छ । यो स्थिति सामना गर्न हाम्रो मन पनि सन्तुलित, स्थिर, शान्त र स्वस्थ राख्‍न आवश्यक हुन्छ ।

यस्तो बेला तनाव व्यवस्थापन लगायत झन् पर्याप्त, पोषक तत्व, पानी, झोल कुरा नियमित खाने, पर्याप्त निद्रा, हल्का व्यायामजस्ता आधारभूत स्वास्थ्य आवश्यकताहरुको ख्याल राख्‍न आवश्यक हुन्छ ।

कोरोना प्रकरणमा सबैलाई अरु मानिससँग उपयुक्त ढंगले शारीरिक दूरी बनाएर, हुलहुज्जत र भेलाहरु घटाएर संक्रमण रोक्ने । हात, मुख, नाक र शरीरका अरु भागहरु बेलाबेला धोएर सफा राख्ने । पर्याप्त पानी पिउने । लक्षणको शंका लागेमा आफूलाई अरुबाट टाढा राखेर व्यवस्थापन गर्ने र सम्बन्धित स्वास्थ्य सेवामा जाने जस्ता विशेष अभिभारा पूरा गर्नु पर्छ ।

अरु तनावमा जस्तै यसमा पनि कोही पनि मानिस अत्यधिक तनावग्रस्त हुनसक्छ । पहिले मनोरोग निको भएकाहरुमा फेरि बल्झिन वा अरुमा पनि मानसिक रोगका विभिन्न लक्षण पैदा हुनसक्छन् । यस्तो अवस्थामा समयमै मानसिक स्वास्थ्यसेवामा सम्पर्क राख्नुपर्छ ।

सही जानकारी उपयुक्त रुपमा सरोकारवालाहरुसम्म पुर्‍याउने, दैनिक उपभोग्य वस्तु, औषधि, मास्क, साबुन, स्यानिटाइजरजस्ता आवश्यक वस्तु सर्वसुलभ बनाउने, यसमा निगरानी, नियमन गरेर कालोबजारी रोक्ने, संक्रमण घटाउन सहयोगी हुने यावत नीतिगत निर्णयहरु कार्यान्वयन गराउनु पर्छ । जनमानसले पनि हल्लाको पछि दौडनु हुँदैन । भरपर्दा सरकारी, विश्व स्वास्थ्य संघ जस्ता निकायको जानकारीमा भर पर्न र यसतिर सजग हुन जरुरी हुन्छ ।

समाज र राज्य दुवैले कोरोना महामारीबाट सिर्जित तनाव र जटिलताको व्यवस्थापनका उपायहरु महत्वपूर्ण छन् । साथमा व्यक्ति, परिवारको तहमा पनि केही कुरामा ध्यान दिन आवश्यक हुने विश्व स्वास्थ्य संघले औंल्याएको छ । कोरोना महामारीको बेलाम हामीले मनोस्वास्थ्यका लागि अपनाउन सकिने केही बुँदाहरु यसप्रकार छन्ः

१. कोरोना संक्रमण रोकथामको लागि आवश्यक जानकारी भरपर्दो माध्यमबाट लिने तर यससम्बन्धी समाचार, अपडेटहरु निरन्तर रुपमा अत्यधिक लिएर तनावग्रस्त नहुनेतिर सजग बन्नु पर्छ । बालक, बृद्ध र पृथक हिसाबले समर्थ आफन्तहरुसँग उनीहरुले बुझ्ने ढंगले कुराकानी गर्ने र स्वस्थ व्यवहारको लागि प्रेरित गर्नु पर्छ ।

२. कोरोना संक्रमण रोक्न आवश्यक व्यवस्था मिलाउने, जस्तैः हात धुन साबुनपानी, सफा राख्‍न स्यानिटाइजर, मास्क, पिउने पानी आदि । हात आवश्यकता अनुसार बेलाबेला धुने, धुँदा २० सेकेण्ड जति लगाएर राम्ररी धुने तर अति नहोस्, खाली मनको सन्तोषको लागि नाम मात्र हुने किसिमले, धोएको हो हो भन्ने खालले धुने प्रवृत्ति भएमा सजग हुने, यो ठिक होइन । धेरै मानिस एकै ठाउँमा गुम्म परेर ताजा हावा नछिर्ने, राम्रो घाम नलाग्ने ठाउँमा नबस्नु वेश हुन्छ ।

३. कोरोनाको तनावको व्यवस्थापनका लागि निर्दिष्त रुपमाः यससम्बन्धी अत्याधिक समाचार र अपडेटहरुबाट टाढा रहने, फेसबुक, पत्रपत्रिका जस्ता मेडिया र सञ्चारबाट केहि समय बिराम लिने, स्वस्थ मनोरञ्जन लगायत् तनाव व्यवस्थापनका अरु उपायहरु पनि अवलम्बन गर्ने ।

४. भेटघाट, हुल तथा प्रतक्ष्य सम्पर्कले कोरोनाको संक्रमणको सम्भावना बढ्ने हो । यसैले सामाजिकरुपमा प्रतक्ष्य सम्पर्क यथासम्भव कम गर्न आवश्यक छ, लक्षणको शंका भएमा सबैबाट टाढिएर क्वारेन्टाइनमा रहन अत्यावश्यक छ । यस्तो बेला पनि आफ्ना नजिकका नातागोता, परिवारजन, साथीभाइसाँग टेलिफोन, मोबाइलजस्ता शारीरिकरुपमा प्रतक्ष्य भेट्नु नपर्ने माध्यमबाट आवश्यक कुराकानी र सामाजिक अन्तरक्रिया गरी सम्पर्क र सम्बन्ध कायम गरिराख्ने गर्नु पर्छ । कुराकानी सकारात्मक, हौसलापूर्ण र सहयोगात्मक बनाएर मनोबल उच्च राख्न भुल्नु हुँदैन ।

५. यस्तो बेला मद्य, नशा तथा मादक पदार्थको सेवन शुरु हुने र बढ्ने अझ बढी सम्भावना हुन्छÙ यसतिर सतर्क रहौं ।

६. हरेक दिन हल्का शारीरिक व्यायाम र योग गर्ने गरौं ।

७. सन्तुलित, स्वच्छ, सफा, ताजा खानाले मनमस्तिस्क, रोगसँग लड्ने बल र समग्र स्वास्थ्य ठीक हालतमा राख्न सहयोग पुग्छ । बेलाबेला पानी पिइरहनाले शरीरमा पानीको मात्रा सन्तुलित राख्नुका साथै मुख सफा राख्न सहायता पुग्छ । यसले संक्रमण न्यूनीकरणमा बल मिल्छ ।

८. नियमित समयमा र पर्याप्त रुपमा हरेक दिन सुत्ने गरौं । निद्रा नबिथोलौं । गहिरो सास लिने गरौं ।

९. कुनै रोगको उपचार चलिरहेको भए सम्बन्धित चिकित्सकको सल्लाहअनुसार उपचारलाई अघि बढाउने, यस्तो बेलामा आफैं औषधिमा परिवर्तन गर्नु राम्रो होइन । चिकित्सककोमा जाने विचार भएमा पहिले फोन वा मोबाइलमा बुझेर मात्र जाँदा राम्रो हुन्छ ।

१०. पहिले मानसिक रोग भएकाहरुले चिकित्सकको सल्लाहअनुसार साविक दबाई लिइरहनुपर्छ र थप समस्या नभएमा चाँडो आत्तिएर बोलाएभन्दा पहिले, अहिले नै देखाउन जानु पर्दैन । जाने विचार भएमा पहिले फोन वा मोवाइलमा सम्पर्क गरेर मात्र जाँदा राम्रो हुन्छ ।

११. यस्तो बेला अत्यधिक तनाव, छटपटी, उदासी, अनिद्रा लगायतका विभिन्न लक्षणहरु देखा परेमा समयमै मानसिक स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न आवश्यक हुन्छ ।

लेखक वरिष्ठ स्‍नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

प्रकाशित : चैत्र ९, २०७६ १९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×