बैंकमा भीडभाड नगर्न राष्ट्र बैंकको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । कोरोनाको जोखिमबाट बच्न सरकारले दिएको निर्देशन पालना गराउने उद्देश्यले आइतबार राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । 

थापाथलीमा बन्ने नेपाल राष्ट्र बैंक ।

राजपत्रमा बैकिङ सेवा आवश्यक सेवाको रुपमा इंकित रहेकाले सरकारको निर्णयअनुसार बन्द गर्न नहुने भएकाले सुरक्षित तबरले सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । निर्देशनमा सकेसम्म कम कर्मचारीबाट सेवा दिन, आलोपालोको रुपमा काम गर्न, धेरै भीडभाड नगर्न भनिएको छ ।


हेर्नुस् निर्देशन



प्रकाशित : चैत्र ९, २०७६ १७:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतबाट भित्रिएका ५ लाखको ज्वरो मापन, २४ घण्टामा ८७ हजार भित्रिए

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको छ ।

सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांक अनुसार यो अवधिमाा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको छ । यो तथ्यांक आइतबार बिहानसम्मको हो ।

फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सम्मिलित हेल्थ डेस्क स्थापना गरिएको थियो । पछिल्लो एक साता यता भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिनेको चाप हृवात्तै बढेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २ स्थानमा हेल्थ डेस्क राखेर थर्मल गन मार्फत् ज्वरो मापन गरिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×