कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आइतबार राष्ट्रपति निवास शितल निवास पुगेर प्रधानमन्त्रीओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति 

देशको पछिल्लो अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


भेटमा विश्वव्यापी फैलिएको कोरोना भाइरस प्रकोपको रोकथामका लागि सरकारले गरेको तयारीका बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएको सल्लाहकार थापाले बताए ।


दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलो पटक राष्ट्रपतिलाई भेटेका हुन् । यस्तै, आइतबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?