१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुद्ध एयरले भाडा घटाएर उडान बढाउने  

सुरज कुँवर

काठमाडौँ — बुद्ध एयरले देशभर आफ्नो कम्पनीका उडानमा ४० प्रतिशत भाडा घटाएको छ । घटाइएको भाडा आइतबारबाट लागू हुने कम्पनीले जनाएको छ । 

बुद्ध एयरले भाडा घटाएर उडान बढाउने  

कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै लामो दुरीका यात्रुबाहक बस सञ्चालनमा रोक लगाउने निर्णय सरकारले गरेपछि बुद्ध एयरले उडान संख्या पनि बढाएको छ । एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइतबारदेखी लागू भएको घटाइएको भाडादर लामो रुटका सार्वजनिक यातायात नखुल्दासम्म लागू हुने बताए ।

‘अहिले देशको आवश्यकता हो, यतिबेला नगरे कहिले गर्नु,’ बस्नेतले कान्तिपुरसँग भने, ‘सहज वातावरण नहुँदासम्म हामी सस्तो भाडा दरमै यात्रुलाई सेवा दिइरहने छौं ।’


जस अनुसार, सरकारले कायम गरेको हवाई भाडा दरको संरचनामा अपर सिलिङ (माथिल्लो तहको भाडा दर) अनुसार नभई बुद्धले नयाँ भाडा दर (सस्तो अपर सिलिङ) तोकेको छ । धनगढीको माथिल्लो तह (अपर सिलिङ)को एकतर्फी हवाई भाडा दर १४ हजार हाराहारी हो तर बुद्धले ७ हजार ९ सय भन्दा बढी नलिने जनाएको छ ।


त्यस्तै भैरहवाको ६ अपर सिलिङ भाडा दर ४ हजार ७ सयमा झारिएको छ । त्यस्तै १० हजार भाडा दर रहेको नेपालगञ्जलाई ६ हजार १ सयमा, भद्रपुरको ९ हजार ८ सयलाई ६ हजार २ सयमा, पोखराको ५ हजारलाई ३७ सयमा, राजविराजको ६ हजार ५ सयलाई ४२ सयमा कायम गरिएको छ ।


बस्नेतका अनुसार, बुद्धले टिकटको माग बढ्दै गएपछि सरकारले लागू गरेको अपर सिलिङमा टिकट बिक्रि गर्ने छैन् । टिकटको माग कम भए सबैभन्दा सस्तो भाडामा पनि यात्रुले टिकट प्राप्त गर्ने छन् ।


यात्रु अभाव हुदै गएपछी बुद्धले १३ मध्ये १२ वटा जहाज उडाइरहेको छ । एउटा ग्राउन्डेड गरेको छ । तर, यात्रुको माग बढेमा उडान संख्या थप्ने बस्नेतले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?