१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जमुनाह नाकाबाट आवतजावत बन्द 

रुपा गहतराज

नेपालगन्ज — कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै बाँकेको जमुनाह नाका आइतबारदेखि एक साताका लागि बन्द हुने भएको छ । नेपाली र भारतीय अधिकारीबीच आइतबार बसेको बैठकले एक साता नाका बन्द गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

जमुनाह नाकाबाट आवतजावत बन्द 

प्रमखु जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी विरबहादुर ओली तथा भारतको बहराइज जिल्लाका एसपी दिपेनकुमार मिश्र र जिल्ला अधिकारीसहितको बैठकले एक साता नाका बन्द गर्ने निर्णय गरेको हो । बैठकले मालबाहक सवारी साधन र बिरामीलाई आवतजावत गर्न दिर्ने तथा अन्य यात्रुबाहक सवारी र पैदल यात्रीलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको प्रजिअ खड्काले जानकारी दिए ।


भारतमा आइतबार जनता कर्फर्यु लगाएकोले बन्द थियो । भारतले कोरोना भाइरससँग लड्न भन्दै एक दिनका लागि ‘जनता कर्फर्यु’ लगाउने निर्णय गरेको थियो ।

नेपालगन्ज जमुनाह प्रहरी चौकीका प्रमुख माधव रिजालले नाका बन्द गरिएको अवधिमा कसैलाई पनि आवागमनमा छुट नदिइने बताए । उनले भने–‘उपचारका लागि भारत जाने बाहेक कुनै नेपालीलाई भारत प्रवेश गर्न दिइएको छैन । अब पनि नदिने आदेश आएको छ ।’

संघीय सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधीलगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेपनि नेपालगञ्ज बजार भने खुल्लै रहेको छ । नेपालगन्जका धम्बोजी, त्रिभुवन् चोक, घरवारी टोलमा पसलहरु खुल्लै छन् ।

भिडले अझ जोखिम बढने भन्दै शनिबार कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय ‘टास्कफोर्स’ले चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पुर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : चैत्र ९, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?