१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बढी भाडा असुल्ने १७ जना पक्राउ 

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको महामारी फैलन सक्‍ने त्रासले सर्वसाधरणहरु घर फिर्ती हुन थालेपछि बढी भाडा असुल्‍ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सार्वजनिक यातायातका विभिन्‍न काउन्टरबाट उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो ।

बढी भाडा असुल्ने १७ जना पक्राउ 

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार डेभिड गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट,रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जिव भण्डारी, प्रदीप लामा, कृष्ण माझी विनोद ठकुरी, पिन्टु जैसवाल र कमल श्रेष्ठ छन् ।


उनीहरुले टिकट काउन्टरबाट २५ देखि ३० प्रतिशतसम्म बढी भाडा असुलेका थिए । सरकारले १० गतेदेखि अर्को निर्णय नभएसम्मका लागि लामो दूरीमा चल्ने सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाएको छ । रोक लाग्‍नुभन्दा अगावै कोरोनाको सम्भावित त्रासले राजधानीबाट घर फर्कने मानिसको चाप ह्वात्तै बढेको छ ।

चापसँगै यात्रु ठगिने सम्भावना औंल्याएर ट्राफिक प्रहरीले सादा पोसाकका जनशक्तिलाई निगरानीका लागि खटाएको थियो । सादा पोसाकमै गएका ट्राफिकले आफैं टिकट काटेर र अडियो/भिडियो रेकर्ड गरी ठगीको सूचना संकलन गरेका थिए ।


पक्राउ परेका सबैलाई राजधानीका विभिन्‍न प्रहरी वृत्तमा ठगी कसुरमा कारबाही गर्न अनुसन्धानका लागि बुझाइएको एसएसपी ढकालले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?