कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना प्रकोप : कांग्रेसले रोक्यो क्रियाशील सदस्यता वितरण र नवीकरण

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तयारी चैत मसान्तसम्मलाई स्थगित गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै  चैत्र मसान्तसम्मलाई महाधिवेशनको तयारीका लागि सुरु गरिएका क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको जनाएका छन् । 

कोरोना प्रकोप : कांग्रेसले रोक्यो क्रियाशील सदस्यता वितरण र नवीकरण

प्रवक्ता शर्माले कोरोना भाइरस (कोभिड–१९)को सचेतना अभियानमा थप सकृय हुने विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘१४ औं महाधिवेशनको तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य जारी राखिएका थिए । तर पछिल्लो समयमा अझ बढी जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अब सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीला भने सतर्कतापूर्वक विविध ढंगले जारी राख्ने शर्माले बताएका छन् । कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन कांग्रेसले यसअघिनै स्थगित गरेको थियो ।

प्रकाशित : चैत्र ८, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?