कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका –९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । चुहाडेबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका  एक बालकसहित ३ जनालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका १४ वर्षीय रोशन दनुवारकाको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा शनिबार बिहान मृत्यु भएको छ । अर्का घाइते ६२ वर्षीय तिलक दनुवारको गएराती नै जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


शुक्रबार साँझ ६ बजे झिल्के चोकस्थित बाटो छेउमा बसिरहेका रोशन, तिलक र ३२ वर्षीय राजकुमार दनुवारलाई एम्बुलेन्सले ठक्क दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरी उपरीक्षक बिरबहादुर बुढामागरले जानकारी दिए । ठक्कर दिने एम्बुलेन्स र चालक सन्तोष खत्री प्रहरी नियन्त्रणमा रहेको उपरीक्षक बुढामगरले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?