युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।

युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

दूतावासहरु खुला राख्दा आफ्नै कर्मचारीहरुबीच संक्रमण हुनसक्ने त्रासले दूतावासहरु बन्द गरिएको हो । तीनले सेवाग्राहीहरुलाई अत्यावश्यक सेवा टेलेवर्क (इन्टरनेट, टेलिफोन) मार्फत् दिन थालेका छन् ।


युरोपेली देशका सबैजसो सरकारले एक अर्को देशका सिमा बन्द गरेको, नागरिकहरुलाई सव-क्‍वारेन्टाइनमा राखेको, हिँडडुलमा कडाइ गरेकोले सेवाग्राहीहरुको संख्या लगभग शून्य छ। दूतावास आउने सेवाग्राहीबाट कर्मचारीहरुमा संक्रमण हुनसक्ने त्रासले पनि दूतावास बन्दगरी टेली-वर्क थालेको पेरिसस्थित नेपाली दूतावासका राजदूत दीपक धितालले बताए ।


'आफ्नै कर्माचारी मध्ये एक जनालाई मात्रै लाग्यो भने बाँकी सबैलाई क्वारेन्टाईना लगेर राख्दिन्छ । त्यसो भयो भने परिवारले त दुःख पाउँछन् नै आपतकालीन् सेवा दिने कर्मचारी पनि दूतावासमा कोही हुन्‍न । त्यस्तो अवस्था सिर्जना नहोस् भनेर टेलीवर्क थालेका छौं,' उनले भने ।


बेल्जियमाको ब्रसेल्स्, स्विजरल्याण्डको जेनेभा र फ्रान्सको पेरिसलगायतका नेपाली दूतावासहरुमा सूचना टाँसेर छाडिएको छ । पेरिसस्थित नेपाली दूतावासमा टाँसिएको सूचनामा लेखिएको छ,'कोरोना भाईरस संक्रमणको कारण उत्पन्‍न आपतकालीन अवस्थाका कारणले अर्को सूचना नभएसम्म नेपाली दूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि सूचना गरिएको छ ।'


दूतावासले आपतकालीन सेवाका लागि दूतावासका कर्मचारीको सम्पर्क नम्बर राखिदिएको छ ।

प्रकाशित : चैत्र ६, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?