३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रादेशिक राजधानी जनकपुर बनाउने स‌ंयुक्त प्रस्ताव पनि अस्वीकृत

सन्तोष सिंह

धनुषा — सत्तारुढ दलकै सा‌ंसद विभाजित भएपछि म‌ंगलबारको मतदानबाट प्रदेश २ को राजधानी टु‌ंगो लाग्‍न सकेन । प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएपछि राजधानीसम्बन्धी प्रस्ताव पनि पारित हुन नसकेको हो ।

प्रादेशिक राजधानी जनकपुर बनाउने स‌ंयुक्त प्रस्ताव पनि अस्वीकृत

समाजवादी पार्टी, राजपा नेकपा र कांग्रेसले स‌ंयुक्त रुपमा जनकपुरलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव ल्याए पनि मतदानबाट पारित भने हुन सकेन । प्रदेश राजधानी जनकपुर बनाउनुपर्छ भन्‍ने पक्ष र विपक्षमा समान ५२-५२ मत परेको र ३ मत बदर भएको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिए ।

सत्तारुढ र विपक्षी दलले संयुक्त रुपमा ल्याएको प्रस्ताव पारित भएपछि राजधानीका बारेमा दर्ता गरिएका अरु दुई प्रस्तावका लागि पनि मतदान हुने भएको छ । बारा र पर्साबाट प्रतिनिधित्व गर्ने विभिन्‍न दलका केही सांसदले वीरगन्‍जलाई राजधानी बनाउन माग गर्दै पेस गरेको प्रस्तावमाथि अब मतदान हुने भएको छ ।

प्रदेश नम्बर २ को नाम 'मधेस' राख्‍ने पक्षमा दुई तिहाइ बहुमत नजुटेपछि सत्तापक्षकै केही सा‌ंसदले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेनन् ।

सम्बन्धित समाचार

राजपा र समाजवादीको 'मधेस प्रदेश' प्रस्ताव पनि अस्वीकृत

प्रकाशित : चैत्र ४, २०७६ २३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?