२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राजपा र समाजवादीको 'मधेस प्रदेश' प्रस्ताव पनि अस्वीकृत

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नामकरणका लागि सत्तारुढ राजपा र समाजवादी पार्टीले राखेको प्रस्ताव अस्वीकृत भएको छ ।

दुई तिहाइ पुर्‍याउन नसकेपछि 'मधेस प्रदेश' को प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावको पक्षमा ६० मत खसेको थियो । 

राजपा र समाजवादीको 'मधेस प्रदेश' प्रस्ताव पनि अस्वीकृत

मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।


यसअघि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाले प्रदेशको नाम 'जानकी', कांग्रेसले 'मिथिला-भोजपुरा' र बारा-पर्साका सांसदले 'मध्य मधेस' नाम प्रस्ताव गरेका थिए।सबै प्रस्तावहरु अस्वीकृत भएसँगै अब प्रदेश नामांकनका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।


प्रदेश २ को नामकरण लागि जारी मतदानमा 'क्रस भोटिङ' भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका थिए । दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्‍ना सांसदलाई ह्विप जारी गरे पनि ४ जना सांसदले पक्षमा मत खसालेका थिए ।

प्रकाशित : चैत्र ४, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?